PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

निर्वाचन आयोगले सोध्यो एमाले अध्यक्ष ओली र पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण



पहिलोपोस्ट

निर्वाचन आयोगले सोध्यो एमाले अध्यक्ष ओली र पाँच दैनिक पत्रिकासँग २४ घण्टे स्पष्टिकरण

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आचार संहिताको उल्लंघन गरी पार्टीको प्रचारमा विज्ञापन छपाएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पाँच राष्ट्रिय दैनिक पत्रिकालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो विषयमा जानकारी दिएको हो ।

नेकपा एमालेले मंगलबार बिहान राजधानीसहित देशका विभिन्न भागबाट प्रकाशित हुने कान्तिपुर, अन्नपूर्ण, नयाँ पत्रिका, नागरिक र राजधानी दैनिकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तस्विरसहित एमालेका चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको सन्देश सहितको विज्ञापन पहिलो पृष्ठमा छपाएको थियो।

आयोगको विज्ञप्तिमा उल्लेख भएअनुसार आयोगले नेकपा एमाले अध्यक्ष ओलीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचार संहिता, २०७२ को दफा ५ को खण्ड (ख १) को उपखण्ड(२) विपरित मिति २०७४।०८।१२ गतेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैीनक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायतका पत्रिकामा तहाँ पार्टीका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको तस्विरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ। उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिदा यहाँलाई कारवाही हुनुपर्ने हो, होइन? पत्र प्राप्त भएका मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ।

यस्तै नेकपा एमालेको विज्ञापन प्रकाशन गर्ने पाँचवटा राष्ट्रिय दैनिक पत्रिकाहरुलाई निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त कार्य गरेबापत यहाँलाई कारबाही हनुपर्ने हो या होइन भनी पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न अनुरोध गरिएको छ।

के छ आचार संहितामा?

आयोगले जारी गरेको आचारसंहितामा निर्धारित आकारभन्दा ठूलो विज्ञापन एकसाथ पाँचवटा राष्ट्रिय दैनिकमा प्रकाशित भएको भनी कोटेश्वर काठमाडौं निवासी अमृत कार्कीले मंगलबार दिउँसो आयोगमा निर्वाचन आचारसंहिता उल्लंघन गरिएको सम्बन्धमा उजुरी गर्दै उल्लंघनकर्तामाथि कारबाहीको माग गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell