
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको अफिसियल पोस्टर सार्वजनिक भएको छ।
रुसको राजधानी मसकोमा मंगलबार सार्वजनिक गरिएको पोस्टरमा सोभियत युनियनमा महान गोलकिपर लेभ यासिनलाई फोकस गरिएको छ। उनी आलोन डे’ओर अवार्ड जित्ने एक मात्र गोलकिपर समेत हुन्।
रसियन आर्टिस्ट इगोर गुरोभिचले उक्त पोस्टर डिजाइन गरेका हुन्।
Introducing the official #WorldCup poster for 🇷🇺Russia 2018! pic.twitter.com/91OTD6SYOq
— FIFA World Cup (@FIFAWorldCup) November 28, 2017
यासिनले सन् १९५८ देखि ७० सम्म चार पटक विश्वकप फुटबल खेलेका थिए।
सन् २०१४ जुन १४ देखि जुलाई १८ सम्म हुने २१औँ विश्वकप फुटबलको अफिसियल ड्र यही शुक्रबार मस्कोमा हुँदैछ।
जसमा लागि विश्वकपमा सहभागि हुने ३२ टोलीलाई चार पटमा विभाजन गरिएको छ र हरेक पटमा ८ टोली रहनेछन्।
आयोजकको हैसियतमा रुस स्वत विश्वकपमा छनोट भएको हो भने बाँकी ३१ राष्ट्र छनोट चरण पार गरेको विश्वकपमा स्थान बनाउन सफल भएका हुन्।
यसरी गरिनेछ ड्र