PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको जितमा एस्ले योङको २ गोल, टोटनहम लेस्टरसँग पराजित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको जितमा एस्ले योङको २ गोल, टोटनहम लेस्टरसँग पराजित

एस्ले योङको २ तथा एन्टोली मार्सियल र जेस लिनगार्डको १/१ गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा वाटफोर्डलाई ४-२ ले पराजित गरेको छ।

योङले १९औँ र २५औँ मिनेटमा गोल गरे। मार्सियलले ३२औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा ३-० को अग्रता दिलाएका थिए।

पहिलो हाफमा ३ गोलले पछि परेपनि घरेलु टोलीका लागि ७७औँम मिनेटमा ट्रोए डिने र ८४औँ मिनेटमा अबदुलाए डोकुरेले गोल गर्दै केही आश जगाएका थिए। तर ८६औँ मिनेटमा लिनगार्डले गोल गरेपछि युनाइटेडले जित निश्चित गरेको हो।

जितपछि १५ खेलबाट ३२ अंक जोडेको युनाइटेडले छिमेकी म्यानचेष्टर सिटीसँगको अंक दूरी ५ मा झारेको छ। एक खेल कम खेल्नका बावजुत पनि सिटी ३७ अंकका साथ शीर्ष स्थानमा आसिन छ। दोस्रो स्थानको युनाइटेडले तेस्रो स्थानको ल्सीमाथि ६ अंकको अग्रता बनाएको छ।

यता खराब लयबाट गुज्रिए रहेको टोटनहम लेस्टर सिटीसँग २-१ ले पराजित भएको छ। लेस्टरलाई सिजनको चौथो जित दिलाउन जेमी भार्डी र रियाद महारेजले १-१ गोल गरे। टोटद्दहमका लागि ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेनन्।

हारपछि १४ खेलबाट २४ अंक रहेको टोटनहम पाँचौ स्थानमै यथावत छ। यता १७ अंक जोडेको लेस्टर नवौँ स्थानमा उक्लेको छ।

प्रिमियर लिगकै अन्य खेलमा वेष्टब्रोमले न्यूकासल युनाइटेडले २-२ तथा ब्राइटन र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell