
फुएनलाब्राडासँग दोस्रो लेगमा २-२ को बराबरी खेलेपनि रियल मड्रिड स्पानिस कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ। अवे मैदानमा पहिलो लेग २-० ले जितेको रियलले घरेलु मैदानमा बराबरी खेलेपनि समग्रमा ४-२ को जित हात पार्दै प्रिक्वाटरफाइनल यात्रा तय गरेको हो।
गारेथ बेल चोटबाट फर्केको खेलमा रियलका लागि दुवै गो बोया मोयारेलले गरे। सेगुण्डा डिभिजन बी को क्लब फुएनलाब्राडाका लागि लुइस मिला र अल्भारो पोटिला सुवारेजेल १-१ गोल गरे।
सेल्टा भिगो आइबरलाई तथा लेभान्टे गिरोनालाई समान ३-१ ले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।
यस्तै ला लिगाकै लेगानेस भाल्लोडोलिडलाई समग्रमा ३-१ ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ। तर अर्को ला लिगा क्लब मालागा भने सेग्ण्डा डिभिजनको क्लब नुमेन्सियासँग समग्रमा ३-२ ले पराजित हुँदै बाहिरिएको छ।