PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

तुल्सीपुर बम विस्फोटमा घाइते भएका म्यादी प्रहरीको मृत्यु



पहिलोपोस्ट

तुल्सीपुर बम विस्फोटमा घाइते भएका म्यादी प्रहरीको मृत्यु

खजुरा: दाङको तुल्सीपुरमा बम विस्फोट घटनामा गम्भीर घाइतेमध्ये एक जना म्यादी प्रहरीको आज बाँकेमा मृत्यु भएको छ।

कोहलपुर मेडिकल कलेजमा उपचारार्थ दाङ तुलसीपुर–१२ का २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज बिहान मृत्यु भएको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए।

उनका अनुसार पाँच जना गम्भीर घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। भने अन्यको उपचार भइरहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेता दाङको तुलसीपुरमा आयोजित सभालाई सम्बोधन गर्न आएको बेला बम विस्फोट गराइएको थियो। तुलसी बोर्डिङ स्कुल नजिकै भएको बम विस्फोटमा एक म्यादी प्रहरीसहित आठ जना घाइते भएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell