
काठमाडौँ: काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको यात्रुबाहक बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ। लु २ ख २९१ नम्बरको बस बिहान करिव ९:१५ बजे त्रिशुली नदीमा खसेको हो।
दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। ९ जना घाइते भएका छन्। केही याुत्रको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।
मृतककाे सनाखत हुन सकेको छैन। बसमा कति यात्रु थिए भन्ने यकिन पनि भइसकेको छैन। अहिले जनपद, सशस्त्र प्रहरी तथा नेपाली सेना उद्दारमा खटिएका छन्।
दुर्घटनाको कारण खुल्न नसकेको श्रेष्ठले बताए।
यस्तै आज बिहान कालिकोटमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको थियो। दुर्घटनामा ६ जना घाइते भएका छन्। सुत्केरी महिलासहितका यात्रु बोकेको जिप दुर्घटनामा परेको हो।