PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

जनतालाई समृद्ध बनाउन वाम गठबन्धनः माधव नेपाल



पहिलोपोस्ट

जनतालाई समृद्ध बनाउन वाम गठबन्धनः माधव नेपाल

काठमाडौँ :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा स्थायित्व कायम गरी जनतालाई समृद्ध बनाउने उद्देश्यले वाम शक्तिबीच एकता गरिएको बताएका छन्। 

संयुक्त वाम गठबन्धनले कागेश्वरी मनहरा–६ मा आज आयोजना गरेको चुनावी कार्यक्रममा नेता नेपालले नेपाललाई विश्वमा सम्पन्न राष्ट्रका रुपमा स्थापित गर्न वाम शक्तिलाई बहुमत दिन मतदातालाई आग्रह गरे।

देशमा लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसले वाम गठबन्धनपछि अत्तालिएर अब अधिनायकवादको उदय हुने भ्रम फैलाएकामा दुःख व्यक्त गर्दै उनले संसद्मा बलियो प्रतिपक्ष दलसहित वाम गठबन्धनले सरकार बनाउन चाहेकाले एकतन्त्रीय शासन सम्भव नरहेको प्रष्ट पारे।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell