PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दुई नेपाली फिल्मको रिलिज टार्गेट तय



पहिलोपोस्ट

दुई नेपाली फिल्मको रिलिज टार्गेट तय

काठमाडौं: यो साता पनि दुई नेपाली फिल्म युनिटले फिल्म प्रदर्शन मिति तय गरेका छन्। फिल्महरु 'पञ्चेबाजा' र 'दिपज्योति'ले पोस्टरसँगै फिल्म रिलिज टार्गेट मिति तय गरेका हुन्।

फिल्म ‘पञ्चेबाजा’को फागुन ११ गते प्रदर्शन हुने जनाइएको छ। फिल्म युनिटले दुई पोस्टर एकसाथ सार्वजनिक गरेको छ। पोस्टरमा मुख्य कलाकारहरुको फिचरिङ रहेको छ।



सौगात मल्लको मुख्य भूमिका रहेको फिल्मले तीन गाउँले युवाको कथा भन्छ। घनश्याम लामिछाने निर्देशित फिल्म न्यू भेनस फिल्मसको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सौगातसँगै कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, राजेश शाही लगायतको अभिनय छ।

त्यस्तै फिल्म 'दिपज्योती' युनिटले आउँदो मंसिर २२ लाई नै रिलिज मिति तोकेको छ।

प्रेम कथामा आधारित फिल्म एनपी फिल्मसको ब्यानरमा बनेको हो। फिल्मलाई नारायण मैनालीले निर्देशन गरेका हुन्। फिल्ममा खुश्वु खड्का, रजनी केसी, सरोज खनाल, नीर शाह, प्रमोद द्विप, पुश्कर रेग्मी, दिपेन्द्र कोईराला, सुमित थापा, प्रिती बुढाथोकी लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell