PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

बम विस्फोटमा परी उदयपुरमा कांग्रेस उम्मेदवार गम्भीर घाइते

बम विस्फोटमा परी उदयपुरमा कांग्रेस उम्मेदवार गम्भीर घाइते

पहिलोपोस्ट /पहिलोपोस्ट


उदयपुर : उदयपुरको उदयपुरगढी नगरपालिका-६ स्थित दनुराबेसीमा बम विस्फोट भएको छ। 

बम विस्फोटबाट उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए।

घाइते कार्कीको हातखुट्टा र मुखमा चोट लागेको छ। कार्कीलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

उनीसँगै गाडी चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन्। कार्की सवार गाडीलार्इ लक्षित गरी सकेट बम विस्फोट गराएको प्रहरीले जानकारी दिएको छ।
 
घाइते उम्मेदवार कार्की। फोटो : तेजमणि अधिकारी


ट्रेन्डिङ पोस्ट

Ncell