
काठमाडौं : बंगलादेशमा आगामी डिसेम्वर १७ बाट शुरु हुने साफ यू-१५ वुमन्स च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
दक्षिण एसियाका चार राष्ट्रले सहभागिता जनाउने उक्त च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित, नेपाल, भारत र भुटानले राउण्ड रिवन लिगमा प्रतिस्पर्धा गर्नेछन्।
पहिलो दिन दुई खेल हुनेछन् जसमा भुटान र भारत तथा बंगलादेश र नेपालबीच खेल हुनेछ। लिगमा शीर्ष दुई स्थानमा रहने टोलीबीच डिसेम्वर २४ मा फाइनल खेल हुनेछ।
च्याम्पियनसिपका सबै खेलहरु ढाकास्थित वीरश्रेष्ठ सहि सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा हुनेछ।