PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

३२ वटै जिल्लाको मतपेटिका सदरमुकाममा संकलन



पहिलोपोस्ट

३२ वटै जिल्लाको मतपेटिका सदरमुकाममा संकलन

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्ग मंसिर १० गते पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लाका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा पुर्‍याउने काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएकव छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार  कूल २ हजार ९१७ मतदानस्थलका सबै मतपेटिकाहरू आज बिहान ११:१५ मा सम्बन्धित जिल्लाको सदरमुकाममा पुर्‍याइएको हो।

डोल्पाका से–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदानस्थलका मतपेटिकाहरु आज हेलिकोप्टरबाट सदरमुकाम ल्याइएका हुन्।

दोस्रो चरणमा मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपछि मतगणना कार्य सुरु हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell