PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

एमाले महोत्तरी जिल्ला अध्यक्ष मण्डलको निधन



रासस

एमाले महोत्तरी जिल्ला अध्यक्ष मण्डलको निधन

गौशाला : नेकपा (एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ।

एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो।

एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य जीतेन्द्र पासवानले बताए। उनी मिर्गौला र कलेजोको रोगबाट पनि ग्रस्त थिए।

मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वाचित भएका थिए। उनी दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष समेत भएका थिए।

मण्डलका श्रीमती तथा दुई-दुई छोरा र छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell