PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न : रक्षामन्त्री



रासस

आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न : रक्षामन्त्री

काठमाडौं : रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने बताएका छन्।

चुनावी अभियानका क्रममा सो क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग आज अन्तरक्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफ्नो प्रयास सदैव जारी रहने बताउँदै भने 'सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा हो, त्यसका लागि म प्रतिबद्ध छु।'

उनले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जानकारी दिए।

नेता प्रधानले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई पराजित गरेका थिए। करिब ५८ हजार मतदाता रहेको क्षेत्र नं ६ मा यसपटक वाम गठबन्धनका तर्फबाट झक्कु सुवेदी प्रतिस्पर्धामा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell