PahiloPost

May 14, 2024 | १ जेठ २०८१

लुम्बिनी अञ्चलमा जोगाउलान् त यी हस्तीले किल्ला



चन्द्रकान्त खनाल

लुम्बिनी अञ्चलमा जोगाउलान् त यी हस्तीले किल्ला

बुटवल : आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको नजिकिँदै गर्दा बुटवलका उम्मेदवारलाई मत माग्न भ्याइनभ्याई भएका छन्। पहिलो चरणको निर्वाचन सकिएसँगै उम्मदेवारले प्रचारप्रसारलाई बढाएका छन्।

उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न धान काट्नेदेखि हलो जोत्नसम्म बाँकी राखेका छैनन्। तर, कडा प्रतिस्पर्धा हुने लुम्बिनी अञ्चलका केन्द्रसँग सहजै पहुँच भएका नेताले जित्लान् कि हार्लान् भन्ने चर्चा चल्न थालेको छ।

 

गुल्मीमा चन्द्र भण्डारी र प्रदीप ज्ञावली

गुल्मी–१ बाट कांग्रेसका नेता चन्द्र भण्डारीसँगै एमालेका सचिव प्रदीप ज्ञवाली चुनावी मैदानमा छन्। यस अघिको चुनावमा ज्ञवाली भण्डारीसँगै पराजित भएका थिए। भण्डारीले जितलार्इ निरन्तरता दिने चुनौती छ। यस्तै ज्ञवालीलाई भण्डारीको वर्चश्व तोडेर आफ्नो पक्षमा जनमत ल्याउनु पर्ने चुनौती रहेको छ।

दुवै राष्ट्रिय स्तरका नेता भएकाले गुल्मी–१ मा चुनावी सरगर्मी बढेकोे छ। एमाले नेता ज्ञवाली यस पटक माओवादी केन्द्रको पनि समर्थन रहेकाले नजिता आफ्नो पक्षमा आउने बताउँछन्।

यस्तै कांग्रेस नेता भण्डारी भने लोकतान्त्रिक गठबन्धनको विकल्प नभएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन्।

यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार चार सय २५ मतदाता छन्। कालिगण्डकी, सत्यवती, रुरु, छत्रकोट, गुल्मी दरबार र चन्द्रकोट गाउँपालिकाका साथै रेसुंगा नगरपालिकाका ७ देखि १४ वडासम्म गुल्मी–१ मा पर्दछन्।

स्थानीय तह निर्वाचनमा रेसुंगा नगरपालिकाबाहेक ६ वटा गाउँपालिकामा एमाले र कांग्रेस ३/३ तहमा विजयी भएका थिए। क्षेत्र–१ मा पर्ने रेसुंगा नगरपालिकाका ८ वडामध्ये ४/४ वडामा जितेका एमाले र कांग्रेसले मेयर र उपमेयर भने एमालेले जितेको थियो।

यस क्षेत्रमा एमालेले करिब ३५ हजार ४ सय मत पाएको थियो। यस मतमा माओवादी केन्द्रको ७ हजार १ सय मत थपिदा वाम गठबन्धनको पक्षमा ४२ हजार ५ सय मत रहेको छ। वाम गठबन्धनले पाएको मतभन्दा कांग्रेसको मत ५ हजार कम रहेको देखिएको छ।

 

पाल्पामा सोमप्रसाद पाण्डे र हरिप्रसाद नेपाल

पाल्पाको क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट एमालेका सोमप्रसाद पाण्डे र लोकतान्त्रिक गठबन्धनमा कांग्रेसका नेता हरि नेपालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। दुवै यसअघिका निर्वाचनमा विजयी भएका थिए। ९५ हजार २ सय ७० मतदाता रहेका पाल्पामा दुवै उम्मेदवारलाई शाख जोगाउने चिन्ता छ।

स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनलाई ५३ हजार ५ सय ४४ मत र लोकतान्त्रिक गठबन्धनलाई ३७ हजार १ सय ४९ मत आएको थियो।स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने पाल्पामा वाम गठबन्धन १६ हजार मतले अगाडि छ।

 

रुपन्देहीमा दीपक बोहरा र घनश्याम भुसाल

रुपन्देही क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट एमाले उपमहासचिव घनश्याम भुसाल र लोकतान्त्रिक गठबन्धनबाट राप्रपा(प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहरा चुनावी मैदानमा छन्।

बोहरा र भुसाल दुवै रूपन्देहीका लागि नयाँ भने होइनन्। बोहरा दोस्रो संविधान सभामा साविक रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। भुसाल २०५३ को उपनिर्वाचनमा रुपन्देही–२ बाट सांसद निर्वाचित भएका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका नेता बालकृष्ण खाँणसँग झिनो मतले पराजित भएका थिए।

दुवै उम्मेदवार स्थानीय भएकाले यस पटकको प्रतिस्पर्धा कौतूहलपूर्ण बनेको हो। भुसाल पार्टीमा बौद्धिक, समाजिक चरित्र बुझ्ने, विकासको मोडल तयार गर्न सक्ने नेतामा परिचित भएको एमाले नेताहरुको बुझाई छ।

दिपक बोहरा भने स्थानीय स्तरमा जनआधार नभए पनि क्षमतावान नेतामा परिचित छन्। समयसमयमा चर्चामा आउने उनी यस वर्ष नेपाल आयल निगमको जग्गा खरिदमा आर्थिक चलखेल गरेका थिए।

स्थानीय तहको नतिजा हेर्दा यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ। वाम गठबन्धनको मत बलियो देखिएको हुँदा भुषाल जित्नेमा ढुक्क छन्। स्थानीय तह निर्वाचनमा केही वडाबाहेक अधिकांशमा एमाले विजयी भएको थियो।

ताजा जनादेश आफूहरुको पक्षमा रहेकाले र उम्मेदवार पनि शसक्त भएकाले नतिजा आफ्नो पोल्टामा पर्ने वाम गठबन्धन विश्वस्त छन्। स्थानीय कमला घिमिरे भन्दछिन् स्थानीय स्तरमा भन्दा केन्द्रमा आवश्यक नेता भुसाल हुन् तर, विकासका लागि उनी त्यति घुलमिल हुन सक्दैनन्। उनले भुसाल विकास प्रेमीभन्दा सिद्धान्त प्रेमीमा रहेको बताइन।

एमाले उपमहासचिव घनश्याम भुसाल यस पटक आफूले सहज रुपमा जित्ने भुषाल बताउँदै आएका छन्। आफू विजयी भएपछि क्षेत्र नम्बर ३ लगायत समग्र रुपन्देहीको विकासका लागि नयाँ कार्यक्रम ल्याउने  चुनावी कार्यक्रममा बताउँदै आएका छन्। चुनावी सभामा व्यस्त भुसालले यस पटक ‘चुनाव जिते सबैको प्रिय बनेर काम गर्ने बताएका छन्।

स्वास्थ्य मन्त्रीसमेत रहेका बोहोरा आफूलाई रुपन्देहीका जनताले यस पटक पनि विजयी गराउने दाबी गर्दै आएका छन्। ‘रुपन्देहीको समग्र विकासमा मेरो ठूलो योगदान छ’ बोहोराले भने ‘मैले २०३९ सालदेखि रुपन्देहीमा विकासका योजनाहरु शुरु गरेको हुँ। यहाँको विकास र जनतासँग म भिजेको छु।’ त्यसमाथि कांग्रेसको साथ रहँदा म चुनाव जित्नेमा ढुक्क छु  बोहोराले थपे।

रुपन्देहीको क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका लागि एक लाख ९ हजार २ सय ७८ र प्रदेशसभा (क) तर्फ ५५ हजार १ सय ७६ र (ख) तर्फ ५४ हजार १ सय २ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

क्षेत्र नं ३ मा वाम गठबन्धनको मत २९ हजार दुई सय ८५, लोकतान्त्रिक गठबन्धनको २७ हजार नौ सय ३३ छ। यसैगरी संघीय समाजवादी फोरमले ४ हजार एक सय ९७ र फोरम लोकतान्त्रिकले २ हजार दुई सय नौ मत ल्याएका थिए।

 

कपिलवस्तुमा दीपकुमार उपाध्याय र चक्रपाणी खनाल

कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय लामिछाने र वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्वडेपुटी कमाण्डर चक्रपाणी खनाल (बलदेव) प्रतिस्पर्धामा छन्।

उनीहरुसँगै संघीय समाजवादी फोरमका अब्दुल रसिद खाँ र नयाँ शक्ति नेपालका ५ नं. प्रदेश संयोजक तथा पूर्वमन्त्री दानबहादुर चौधरी पनि चुनावी मैदानमा उत्रेका छन्।

स्थानीय तह निर्वाचनमा प्रमुख पदका उम्मेदवारलाई खसेको मतका आधारमा कांग्रेसले २० हजार ७ सय ५२ मत पाएका छन्। वाम गठबन्धनले २६ हजार ७ सय १ मत पाएका छन्। यस आधारमा वाम गठबन्धन ६ हजार मतले अगाडि देखिएको छ।

राजपा छाडेका वृजेश गुप्ताको समूहको मतसमेत वाम गठबन्धनमा आउने देखिएकाले वाम गठबन्धन अझ बलियो हुने देखिएको छ। संघीय फोरमका उम्मेदवारले स्थानीय तह निर्वाचनमा पाएको ७ हजार ३ सय मत रहेको छ।

वाम गठबन्धनका नेता बलदेवले आफू ४ हजारको मत अन्तरले चुनाव जित्ने बताएका छन्। ‘हामीले यस पटक वाम घटक मिलेर  चुनावमा गएका छौँ। त्यसकारण चुनाव जित्न सजिलो भएको छ’,  बलदेवले भने। कांग्रेस नेता दिपकुमार उपाध्या पनि आफूले चुनाव जित्ने बताउँदै आएका छन्। जनताको सेवक भएर काम गरेको छु। मलाई जनताले विजय गराउँछन्। लोकतान्त्रिक उम्मेदवार भएका उपाध्यायले  अघिल्लो चुनावमा कांग्रेसको आन्तिरिक कारण पराजए भएको बताउँदै अन्य दलको भोट पनि आफूलाई आउने हुँदा चुनाव जित्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell