PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

नेकपाले गलत समयमा हतियार उठायो : वर्षमान पुन



पहिलोपोस्ट

नेकपाले गलत समयमा हतियार उठायो : वर्षमान पुन

दाङ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अब ध्वंस र हतियारले देशलाई फाइदा नगर्ने बताएका छन्। 

प्रेस सेन्टर र प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेता पुनले हिजोसँगै हतियार उठाएका मित्र (नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको गुनासो गरे। 

पुनले भने,‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौं तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ।’

उनले नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको बताए। ‘नेकपाका गतिविधि आपराधिक र अराजनीतिक भइरहेका छन्,' पुनले भने,‘हिजो जनयुद्धमा आमसभामा कतै बम विस्फोट भएको थिएन तर अहिले सभाबाट बम हान्न सुरु भएको छ। यो राजनीतिक काम भएन ।’

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश व्यक्त गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell