PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री



पहिलोपोस्ट

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सरकारले कुनै कसर बाँकी राख्दैन :  प्रधानमन्त्री

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले बम विस्फोटमा परी म्यादी प्रहरी विनोद चौधरीको निधन भएकामा दुःख व्यक्त गरेका छन्। 

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत दिवंगत म्यादी प्रहरी चौधरीको आत्माको चीर शान्तिको कामनासहित परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्। साथै प्रधानमन्त्रीले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित अरनिको मैदानमा प्रधानमन्त्री देउवाको उपस्थितिमा भएको नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गराइएको बम विस्फोटमा परी घाइते भएका २३ वर्षीय म्यादी प्रहरी चौधरीको उपचारका क्रममा आज बाँकेको कोहलपुरमा निधन भएको थियो। 

प्रधानमन्त्री देउवाले निर्वाचनको सुरक्षाका लागि खटिइ महत्वपूर्ण जिम्मेवारी वहन गर्ने सम्पूर्ण सुरक्षाकर्मीलगायत म्यादी प्रहरी प्रशंसाका पात्र भएको उल्लेख गरेका छन्। 

विज्ञप्तीमा भनिएको छ,‘यस्ता घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। यस प्रकारका निर्वाचन विरोधी कुनै पनि गतिविधिले निर्वाचनप्रति नेपाली नागरिकले देखाएको उत्साह र नागरिकको मताधिकारलाई कुण्ठित पार्न सक्दैन।’

उनले कायरतापूर्ण तवरले बिना हतियार सुरक्षार्थ उभिएका म्यादी प्रहरी र नागरिकमाथि बम प्रहार गरिएको घटना निर्वाचन लक्षित सम्पूर्ण हिंसात्मक क्रियाकलापको घोर भत्र्सना गरेका छन्। 

सरकारले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले आम नागरिकलाई निर्वाचनमा निर्धक्क भएर लाग्न हार्दिक आह्वान गरेका छन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell