
इन्डोनेसिया : इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण तीन दिनदेखि बन्द रहेको विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ।
बालीमा रहेको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बाली एनगुरह राई विमानस्थल बुधबार अपरान्ध ३ बजेदेखि सुचारु हुने विमानस्थलका प्रवक्ता आरी आसानुरोहिमले जानकारी दिए।
इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका कारण सहर प्रदूषित हुनुका साथै विमानस्थलबाट तीन दिनदेखि विमान उडान अवतरण रोकिएको थियो।
ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको छ। यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकेको थिएन।
खरानीका कारण मानवीय समस्याकासाथै यसले जहाजको इञ्जिनमासमेत क्षति पुर्याउने बताइन्छ। त्यसैले विमानस्थल बन्द गरिएको हो।
बाली द्वीपको माउण्ट आगुङ्गनामक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ। यसैकारण भूगर्भविद्ले ज्वालामुखीको खतराको भविष्यवाणी गरेका छन्।
सरकारले सर्वसाधारणलाई नआत्तिन र शान्त रहन भनेको छ। साथै उनीहरुलाई सकेसम्म सुरक्षित स्थानमा सर्न र सतर्क रहन भनिएको छ।
त्यसअघि बालीको वातावरणमा खरानीको मात्राको परीक्षण गर्ने र यसपछि लगत्तै विमानस्थल सुचारु गर्ने बारेमा सूचना जारी गरिने अधिकारीहरुले जानकारी दिएका छन्।रासस/सिन्ह्वा