PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

उम्मेदवारमाथिको आक्रमण र विस्फोटका घटना रोक्न सरकारसँग एमालेको माग



पहिलोपोस्ट

उम्मेदवारमाथिको आक्रमण र विस्फोटका घटना रोक्न सरकारसँग एमालेको माग

काठमाडौं  :  नेकपा एमालेले उम्मेदवार केन्द्रित आक्रमण र विस्फोटलगायतका घटना रोक्न सरकारलाई आग्रह गरेको छ । 

एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आज विज्ञप्ति जारी गरी निर्वाचन नजिक आइरहेका बेला उम्मेदवारमाथि हुने आक्रमणका घटनाको निन्दा र भत्र्सना गर्दै लोकतन्त्र विरोधी र आतंकपूर्ण क्रियाकलाप रोक्न सरकारलाई आग्रह गरेका हुन्। 

साथै विज्ञप्तिमा निर्वाचन सुरक्षा व्यवस्था कडा पार्दै भयरहित वातावरणमा चुनाव प्रचारप्रसार र मतदान हुन्छ भन्ने अनुभूति जनतामा गराउन सरकारसँग माग गरिएको छ। 

पटक–पटक शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामीले गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको भन्दै विज्ञप्तिमा केही दिनयता सुरक्षाकर्मीको ज्यानै जाने र उम्मेदवार आफैँ घाइते बन्नेजस्ता अत्यन्तै दुःखद् घटना घटना पुगेको बताइएको छ । 

एमालेले सरकारले उम्मेदवारलगायत निर्वाचन सुरक्षा व्यवस्थामा उचित ध्यान दिन नसक्दा यस्ता दुःखद् घटना घटनुका साथै जनतालाई आतंकित पार्ने क्रियाकलाप बढिरहेको जनाएको छ । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell