PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोहीको मृत्यु



पहिलोपोस्ट

फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोहीको मृत्यु

मनिला : फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ। मारिनेमा ६ जना महिला  छन्। 

राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन्। दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गरेका थिए। 

मृत्यु भएका महिलामध्ये एक जना विश्वविद्यालयको विद्यार्थीसमेत भएको बताइएको छ भने घटनामा अरू पाँच जना घाइते भएका छन् । 

फिलिपिन्समा सन् १९६८ देखि कम्युनिष्ट पार्टीले विद्रोह गरेर लडिरहेको छ। पुँजीवादी प्रणालीका विरुद्धमा भन्दै कम्युनिष्ट पार्टीले विद्रोह गरेको बताएको छ । 

द्वन्द्व अन्त्य गर्न वार्ता त भएको थियो तर धेरै कुराहरुमा सहमति हुन नसेकाले वार्ता अगाडि बढ्न नसकी स्थगित भएको छ । रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell