PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

प्रिमियर लिग : स्टर्लिङको इन्जुरी टाइम गोलमा म्यानचेष्टर सिटीको लगातार १२औँ जित



पहिलोपोस्ट

प्रिमियर लिग : स्टर्लिङको इन्जुरी टाइम गोलमा म्यानचेष्टर सिटीको लगातार १२औँ जित

रहिम स्टर्लिङले इन्जुरी टाइममा गरेको गोल मद्दतमा म्यानचेष्टर सिटीले साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै प्रिमियर लिगमा अपराजित यात्रा कायमै रखेको छ। स्टर्लिङले इन्जुरी टाइमको छैटौँ मिनेटमा निर्याणयक गोल गरेका थिए। त्यसअघि घरेलु मैदान एतिहाड स्टेडियममा केभिन डे ब्रुएनाले ४७औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। साउथह्याम्पटनका लागि ७५औँ मिनेटमा रोमेयले गोल गरेका थिए।

जितपछि सिटीले प्रिमियर लिगमा यस सिजन लगातार १२ खेल जितेको छ भने अपराजित यात्रालाई १४ खेलसम्म पूर्‍याएको छ। सिटीले एकै सिजन लगातार १२ खेल जित्ने क्लब रेकर्ड बनाएको हो।

१४ खेलबाट ४० अंक जोडेको सिटी शीर्ष स्थानमा छ भने दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि ८ अंकको अग्रता बनाएको छ।

प्रिमियर लिगकै अन्य खेलहरुमा चेल्सी, आर्सनल र लिभरपुलरले जित हात पारेका छन्। एन्टोनिओ रुएडिगरको एक मात्र निर्णायक गोल मद्दतमा चेल्सीले स्वान्सी सिटीलाई १-० ले पराजित गरेको हो। यता आर्सनलले हड्र्शफिल्ड टाउनलाई ५-० को फरिकलो अन्तरले हरायो। ‘गनर्स’का लागि ओलिभर जिरुडले दुई तथा एलेक्जान्डर लाजाकाटे, एलेक्स सान्चेज र मेसुट ओजिले एक एक गोल गरे।

वैकल्पिक खेलाडी मोहमद सलाहले दुई गोल गरेको खेलमा लिभरपुलले स्टोक सिटीलाई ३-० ले हरायो। स्टोकको घरेलु मैदानमा लिभरपुलका लागि साडियो मानेले पहिलो गोल गरे। जितपछि चेल्सी तेस्रो, आर्सनल चौथो तथा लिभरपुल पाँचो स्थानमा छन्।

वाएन रुनीले शानदार ह्याट्रिक गरेपछि एभरटनले वेष्टहमलाई ४-० ले पराजित गरेको छ। रुनीले आफ्नै हाफबाट समेत गोल गरेका थिए। जसलाई उनले आफूले गरेका मध्ये उत्कृष्ट गोल समेत मानेका छन्।

यता एएफसी बर्नमाउथलाई २-१ ले पराजित गरेको बर्नली टोटनहमलाई पछि पार्दै छैटौँ स्थानमा उक्लेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell