PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

फ्रेन्च लिग : नेमार र कभानीको गोलमा पिएसजीको जित



पहिलोपोस्ट

फ्रेन्च लिग : नेमार र कभानीको गोलमा पिएसजीको जित

नेमार र एडिनसन कभानीले गोल गरेपछि पेरिस सेन्ट जर्मेनले फ्रेन्च लिगमा ट्रोएसलाई २-० ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि नेमार र कभानीले दोस्रो हाफमा गोल गरे। कभानीले पेनाल्टीमा गोल गर्न नसक्दा पिएसजीले पहिलो हाफमै अग्रता लिने मौका गुमाएको थियो।

यता दोस्रो स्थानको मोनाको नान्ट्सँग १-० ले पराजित भएपछि लिग लिडर पिएसजीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ। फ्रेन्च लिगमा यस सिजन अपराजित रहने एक मात्र टोली बनेको पिएसजीको १५ खेलबाट ४१ अंक भएको छ।

समान खेलबाट ३१ अंक जोडेको साविक विजेता मोनको चौथो स्थानमा झरेको छ। नान्ट्सलाई जित दिलाउन लिमाले निर्णायक गोल गरेका थिए।

यता मेट्जसँग २-१ ले पराजित भएपछि लियोनले दोस्रो स्थानमा उक्लने मौका गुमायो। त्यसैको फाइदा उठाउँदै मार्से लिलेलाई ३-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell