PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

आर्थिक अनियमितताविरुद्ध विद्यार्थीले गरे कलेजमा तालाबन्दी



पहिलोपोस्ट

आर्थिक अनियमितताविरुद्ध विद्यार्थीले गरे कलेजमा तालाबन्दी

लहान : प्राचार्य सञ्जय साहले आर्थिक हिनामिना गरेको भन्दै विद्यार्थीले सिरहाको मिर्चैयास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा तालाबन्दी गरेका छन्।

प्राचार्य साहले गरेको आर्थिक हिनामिनाका कारण कलेजको अवस्था खस्किँदै गएको भन्दै विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन्।

आर्थिक हिसाब परीक्षण र पठनपाठनमा सुधार गर्ने सहमति भए पनि कलेजले बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थीले बताएका छन्।

कलेजले आफूखुशी बिना विज्ञापन शिक्षक भर्ना, त्रिवि नियम विपरीत मनोमानी ढंगले शुल्क वृद्धि, विषयगत शिक्षक नराखेको विद्यार्थीले आरोप लगाएका छन्। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell