PahiloPost

Jun 23, 2025 | ९ असार २०८२

देशमा विकासको अन्तिम धक्का दिने चाहना छः प्रचण्ड



राजेन्द्र आचार्य

देशमा विकासको अन्तिम धक्का दिने चाहना छः प्रचण्ड

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताएका छन्।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने बताए। 

प्रचण्डले भने,‘मलाई विश्वास गर्नुस्, राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा मेरो पहुँच छ, जनताको मन बुझेर राष्ट्रको विकासमा लाग्ने छु।’

उनले आफूहरुले समाजवादको लक्ष्यमा पुग्न चाहेको तर त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी रहेको बताए।

प्रचण्डले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर गरे। वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दै प्रचण्डले आफूहरुले लोकतन्त्र मास्न नभई थप सुदृढ गर्न खोजेको बताए।

पूर्वराजाका विषयमा कुनै टिप्पणी गर्न आवश्यक नरहेको भन्दै उनले निर्वाचन पछि प्रमुख कार्यकारीको विषय उठान हुने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell