PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

ब्राजिल–नेपाल ६ सदस्यीय संसदीय समूह गठन



पहिलोपोस्ट

ब्राजिल–नेपाल ६ सदस्यीय संसदीय समूह गठन

काठमाडौँ :  ब्राजिल र नेपालबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ब्राजिलको संसद्ले ६ सदस्यीय ब्राजिल–नेपाल संसदीय समूह गठन गरेको छ। 

अन्तरसंसदीय सहयोग प्रवद्र्धनका साथै दुई मुलुकका संसद्बीच भ्रमण आदानप्रदान, सांस्कृतिक प्रवद्र्धन कार्यंशाला आयोजना र सामाजिक एवं भाषिक सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आज समूह गठन भएको ब्रासिलियास्थित नेपाली दूतावासले जनाएको छ। 

दूतावासका अनुसार नेपाल–ब्राजिल कूटनीतिक सम्बन्धको इतिहासमा पहिलो पटक स्थापित संसदीय समूहका अध्यक्षमा सांसद वलिटन प्राडो, प्रथम उपाध्यक्षमा सांसद श्रीमती जो मोरेस, द्वितीय उपाध्यक्षमा सांसद श्रीमती गोर्टे पेरेरा, प्रथम सचिवमा सांसद श्रीमती सरोया सान्तोस, द्वितीय सचिवमा सांसद हिल्डो रोचा र कोषाध्यक्षमा फिलिप बोर्नेर छन्।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell