
काठमाडौं: 'द सार्क फिल्म अवार्ड २०१७'को विजेता घोषणा भयो। द सार्क फिल्म फेस्टिवलले सार्वजनिक गरेको चौध विधाका विजेताहरुको नाम सार्वजनिक गरेको हो। जसमा तीन विधाको अवार्ड नेपाली फिल्मले जितेका छन्।
भुपेन्द्र अधिकारीले फिल्म 'डाईङ्ग क्यान्डल’का लागथि उत्कृष्ट सम्पादकको अवार्ड जितेका हुन्। त्यस्तै उत्कृष्ट पार्श्व संगीतमा फिल्म ‘कालो पोथी’बाट जेसन कुँवरले र फिल्म ’कालो पोथी’ले नै उत्कृष्ट फिल्म ओपनको अवार्ड हात पारेको हो।
अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड श्रिलंकाको फिल्म 'लेट हर क्राइ'ले जितेको छ। समग्रमा योपटक सार्क फिल्म अवार्डमा भारतिय फिल्मले तीन, श्रीलंकाको फिल्मले ४, अफगानिस्तानकोले २, माल्दिभ्सले १ र बंगलादेशले १ विधाको अवार्ड प्राप्त गर्योृ।
सार्क राष्ट्र पाकिस्तान र भुटानले भने कुनै पनि विधामा अवार्ड जितेन।