PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

एमालेले आयोगलाई भन्यो-राज्यकोषबाट सरकारले जथाभावी रकम बाँड्यो, सचेत गराईयोस्



पहिलोपोस्ट

एमालेले आयोगलाई भन्यो-राज्यकोषबाट सरकारले जथाभावी रकम बाँड्यो, सचेत गराईयोस्

काठमाडौँ :  नेकपा एमालेले  प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। 

आज बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले गृह मन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट आफूखुशी रकम वितरण तथा निजामती कर्मचारी प्रणालीमा भद्रगोल अवस्था सिर्जना गरिएको जनाउँदै त्यसबारेमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। 

निर्वाचन आचारसंहिता विपरीत राज्यकोषबाट १६ करोडभन्दा बढी रकम दुरुपयोग तथा निजामती तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिएको एमालेको आरोप छ।

नेपाल प्रहरीमा चार प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासन संरचनालाई भत्काउन खोजिएको भन्दै त्यस्ता काम रोक्न एमालेले आग्रह गरेको छ। 

कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ती जारी गरी चुनावी सरकारको हैसियत र सीमाभित्र रही काम गर्न सरकारलाई सचेत गराउन आयोगसमक्ष माग गरेका छन्।

साथै शृङ्खलाबद्ध रुपमा देशभर भइरहेका हिंसात्मक आक्रमण र विस्फोटको घटना नियन्त्रण गर्न पनि सरकारसँग माग गरिएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell