PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कश्मिरमा कडा सुरक्षाबीच दोहोरो गोली हानाहान



पहिलोपोस्ट

कश्मिरमा कडा सुरक्षाबीच दोहोरो गोली हानाहान
फोटो श्रोतः bbc.com

भारत प्रशासित कश्मिर :  भारत नियन्त्रित कश्मिरमा बिहीबार कडा सुरक्षाकाबीच पनि दोहोरो गोली हानाहान भएको छ। 

लासकार ए तोइबा नामक एक आतङ्ककारी समूहका तीनजना सशस्त्र हतियारधारी मारिएपछि यहाँको सुरक्षा व्यवस्था एक हप्ता भन्दा बढी समयदेखि  कडा बनाइएको थियो। 

तर बिहीबार बिहानैदेखि बडगाम जिल्लाको फाल्तिपुरामा सशस्त्र लडाकू र सीमा सुरक्षा बलबीच दोहोरो गोली हानाहान सुरु भएको बताइएको छ। 

सधैँजसो अशान्त नै भइरहने भारत नियन्त्रित कश्मिरमा आतङ्ककारीले थप हिंसा मच्चाउन सक्ने अनुमानमा हप्तादिन अघिदेखि प्रहरी र अर्धसैन्य बलको ठूलो संख्या यहाँ खटाइएको थियो। 

गत हप्तामात्र पनि सोही क्षेत्रमा नै सुरक्षाकर्मीको गोली लागेर उनीहरु मारिएका थिए। अर्ध सैन्यबल र आतङ्ककारीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारले जानकारी दिएका छन्। 

भारतीय प्रहरी कश्मिरका प्रवक्ताले जानकारी दिएअनुसार उक्त क्षेत्रमा निकै लामो समयदेखि आतङ्ककारी समूहमा आवद्ध लडाकूहरुको क्रियाकलाप बढिरहेको थियो। 

भारतीय सहर मुम्बाइमा सन् २००८ मा भएको आक्रमणमा पनि यही लासकार ए तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको भारतले जनाउँदै आएको छ। 

आक्रमणमा परी १६६ जनाको मृत्यु भएको थियो भने अरु एक सयभन्दा बढी घाइते भएका थिए। त्यसयता भारत सरकारले उक्त समूहलाई आतङ्ककारी समूहका रुपमा व्यवहार गर्दै आएको छ। 

बिहीबारको गोली हानाहानबाट भएको क्षतिकाबारेमा भने केही समाचार आएको छैन। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell