PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

स्थानीय विकास मन्त्रालयले ल्यायाे स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल



पहिलोपोस्ट

स्थानीय विकास मन्त्रालयले ल्यायाे स्थानीय तहको वेबसाइट र नक्साको पोर्टल

काठमाडौँ :  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ। 

मुलुकका ७५३ स्थानीय तहलाई सूचना प्रविधिमैत्री बनाउन मन्त्रालयले वडा तहसम्मका सबै विवरण वेबसाइट mofald.gov.np  मा प्राप्त गर्न सन्छि। यो अन्तरक्रियात्मक जिइआइएस पोर्टलमा आधारित छ। 
 
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहलाई सूचना प्रविधिमा आधारित सूचनामैत्री बनाउन तथा सूचना प्रविधिलाई आत्मसात् गरी सुशासन र पारदर्शी सेवा दिन पोर्टलले सहयोग गर्ने बताउँदै स्थानीय तहले आफ्नो आवश्यकतानुसार वेबसाइट र नक्सामा आफ्ना विवरण थपघट गर्न सक्ने बताए।

मन्त्रालयले सबै तहलाई सूचना प्रविधिको तालीमका लागि प्रतितह छ लाख रुपैयाँ अनुदान र एक एक सूचना प्रविधि अधिकृत उपलब्ध गराएको छ। वेबसाइटसँगै मन्त्रालयका लागि मोबाइल एप्स पनि तयार गरिएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell