
काठमाडौं : यही डिसेम्वर १८ पुस ३ गतेदेखि शुरु हुने एभरेष्ट प्रिमियर लग इपीएल को खेल तालिका सार्वजनिक भएको छ। इपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज शहर टोलीको सहभागिता रहेको छ।
आयोजकले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रिओट्स र सोमपाल कामी मार्क्यु प्लेअर रहेको काठमाडौं किंग्स एलेभेनबीच उद्घाटन खेल हुनेछ।
१३ दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछ।