PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

'च्याम्प अफ दी च्याम्पियन्स'को सेमिफाइनल शनिबार हुने



पहिलोपोस्ट

'च्याम्प अफ दी च्याम्पियन्स'को सेमिफाइनल शनिबार हुने

काठमाडौं : नेपाली बक्सिङको इतिहासमा पहिलो पटक भइरहेको प्रो बक्सिङ इभेन्ट च्याम्प अफ दी च्याम्पियन्स (सिओसी) को सेमिफाइनल खेलहरु पर्सी शनिबार हुने भएको छ।

आयोजक म्याक्स बक्सिङ प्रोमोसन र डान्सिङ याकले बिहीबार सेमिफाइनल पुग्ने खेलाडीहरुबीच ट्रेस राउण्ड गर्दै दुवै सेमिफाइनल खेल शनिबार हुने जनाएको हो।

सेमिफाइनल खेल सरोस सेवा भर्सेस यादव थापा तथा मनिस डंगोल भर्सेस सुरेन्द्र कार्कीबीच हुनेछ।

प्रो बक्सिङ लाइटवेट ६१ केजी अन्तर्गत हुने खेलहरु महाराजगन्स्थित जिमखानामा हुनेछ। नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा भइरहेको च्याम्पियनसिपमा दुई चरणका खेलहरु यसअघि नै भइसकेका छन्। फाइनल खेल माघ १६ गते गर्ने तयारी भइरहेको आयोजक म्याक्स बक्सिङका म्याक्स बस्नेतले जानकारी दिए।

च्याम्पियन हुने खेलाडीले च्याम्प अफ दी च्याम्पियन्सको बेल्टसहित नगद २ लाख पुरस्कार हात पार्नेछन्। च्याम्पियन खेलाडीलाई मोटरबाइक दिने योजना पनि रहेको र त्यसका लागि पहल गरिरहेको समेत बस्नेतले जानकारी दिए।

यस्तै विजेताले युरोपियन राष्ट्र बेल्जियममा ३ महिने क्याम्पमा सहभभागि हुने अवसर समेत पाउने म्याक्स बस्नेतले जानकारी दिए। '३ महिनाको क्याम्पमा ३ वटा फाइट हुनेछ। त्यसपछि बेल्जियमको क्लब फाइटमा अवसर पाउनेछ।' म्याक्सले भने। 'त्यसमा राम्रो गर्न सके अन्य फाइटमा पनि अवसर पाउनेछ।'

यस्तै भारतमा हुने सुपर बक्सिङ लिगमा नेपालका ८ खेलाडीले सहभागिता जनाउने बस्नेतले जानकारी दिए। त्यसका लागि फेरी छनोट खेलहरु गरेर विभिन्न ८ तौल समूहमा खेलाडी छनोट गर्ने उनले जानकारी दिए।
 

के भन्छन् सेमिफाइनल खेल्ने खेलाडी

सेमिफाइनल अघि ट्रेस राउण्डमा चारै खेलाडीले आफूहरु प्रतिस्पर्धाका लागि तयार भएको बताएछन्।

सुरेन्द्र : एकै पटक रिङमा गएर मेरो खेल देखाउँछु। फाइटरले रिङमै भन्ने हो। यहाँ होइन्।

मनिस : म पनि रिङमै देखाउँछु। मलाई फाइट खेल्न हतार भइसक्यो।

अर्को सेमिफाइनल यादव थापा र सरोस सेवा बीच हुनेछ।

यादव : मैले च्यालेन्स दिएको छु। उ सरोज म भन्दा जुनियर हो। म मेरै टेक्निक र स्टाइलमा खेल्नेछु। सबै दर्शकलाघ मेरो खेल देखाउँछु। म बाट पनि उसले केही सिकोस जानोस्।

सरोज : पर्सी थाहा हुन्छ। को जुनियर हो कसले जित्छ को ठूलो हो भन्ने। अरुले जितेर सेमिफाइनलमा स्थान बनाएपनि मैले हार चाखेर पनि यहाँ सम्म आइपुगेको छु। म सिक्न आएको होइन। जित्न आएको हो। दुई राउ०डमै यादवलाई रिङमा ढाल्छु। यो मेरो च्यालेन्ज हो।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell