.png)
- लक्ष्मण न्यौपाने -
तर २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने माहोल फरक रह्यो, नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई नेकपा माओवादीका घनश्याम यादवले पराजित गरे।
दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेस फेरि लयमा फर्कियो र अब्दुल रज्जाकले एमालेका छविलाल विश्वकर्मालाई सामन्य अन्तरले पराजित गर्न सफल रहे।
आसन्न निर्वाचनमा लोकतान्त्रिक गठवन्धनका अब्दुल रज्जाक र वाम गठबन्धनका छविलाल विश्वकर्मा पुरानै प्रतिस्पर्धी हुन् भने स्वतन्त्र र अन्य दलका गरी १५ जनाको उम्मेदवारी रहेको छ।
तर मुख्य प्रतिस्पर्धा भने दुई गठबन्धनका उम्मेदवारकै बीचमा रहेको आँकलन गरिएको छ। देवदह नगरपालिकाका १२, तिलोत्तमा नगरपालिकाका ९, ओमसतीया गाउँपालिकाका ५ र रोहिणी गाउँपालिकाका ७ वटा गरी जम्मा ३३ वटा वडामा एक लाख बाह्र हजार एक सय तीस मतदाता छन्।
पुरानो किल्ला जोगाउने प्रयासमा रज्जाक मतदाताको घरघरमा आफ्ना विकासका नारासहित मत सुरक्षित गर्न लागि परेका छन् भने सत्तरीको पराजयको बदला लिने ध्याउन्नमा विश्वकर्मा लागि परेका छन्।
चुरे पहाडदेखि दक्षिणमा भारतीय सिमानासम्म फैलिएको यस क्षेत्रमा पहाडी थारु र मधेशी समुदायको मिश्रित बसोबास रहेको छ।
अव्यवस्थित, सुकुम्बासी र भूमिहीन किसानको बाक्लो बसोवास रहेको यस क्षेत्रमा विगतका निर्वाचनदेखि यस निर्वाचनसम्म पनि मुख्य एजेण्डाका रुपमा पूर्जा वितरण नै रहेको छ।
पाँच नम्बर प्रदेश सिमांकन हेरफरका बिरुद्ध कांग्रेस नेता चन्द्र भण्डारी सडकमा उत्रिनु , रज्जाक अधिकांश कार्यकर्ताको भावना विपरीत पार्टीकै लाइन अनुरुप प्रेस विज्ञप्ती जारी गरेर समर्थन गरेकाले पनि स्थानीय कार्यकर्ताको आलोचना खेपेका थिए।
त्यसैलाई विपक्षी गठबन्धनले आलोचनात्मक ढंगले जनता सामु पुर्याएकोले पनि पहिले भन्दा अहिले जितका लागि केही असहज रहेको स्वयं कांग्रेस कार्यकर्ता बताउँछन्।
चुनावी बाटो हुँदै अधिनायकवादको विजारोपण गर्न लागिपरेका वाम गठबन्धनलाई जनताले विश्वास गर्न नसक्ने भन्दै वाम गठबन्धनको कडा आलोचना गर्ने रज्जाक फेरि पनि जनताले आफूलाई नै विश्वास गर्नेमा ढुक्क छन्।
उता विश्वकर्मा भने स्थिर सरकार र विकासको बाधक कांग्रेस रहेको आरोप लगाउँदै जनताले उसको विगत र वर्तमान हेरेर दिक्क भैसकेकोले आफू विजयी हुनेमा विश्वस्त देखिन्छन्।
क्षेत्र नं १, प्रदेशसभा १ मा १३ जनाको उम्मेदवारी रहे पनि लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक)का ताहिर अलि भाट र वाम गठबन्धनका तर्फबाट डा. कृष्ण प्रसाद न्यौपाने बीचमै प्रतिस्पर्धा रहेको छ।
प्रदेशसभा २ मा १६ जनाको उम्मेदवारी परेको छ। तर पनि लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हरि न्यौपाने र वाम गठबन्धनबाट माओवादी केन्द्रका दधिराम न्यौपानेबीच कडा प्रतिस्पर्धा रहेको छ।