PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

ठमेल ओपन टेबलटेनिस आइतबार देखि, मिक्स टिम इभेन्टसहित ५ क्याटेगोरी समावेश



पहिलोपोस्ट

ठमेल ओपन टेबलटेनिस आइतबार देखि, मिक्स टिम इभेन्टसहित ५ क्याटेगोरी समावेश

काठमाडौं : इम्प्याक्ट स्पोर्टस म्यानेजमेन्टको आयोजनामा पर्सी शनिबारदेखि ठमेल ओपन टेबलटेनिस प्रतियोगितथा आयोजना हुने भएको छ।

पहिलोपटक विदेशी शैलीमा मिक्स टिम इभेन्ट समावेश रहेको यस प्रतियोगितामा कूल पाँच क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ। जसअन्तर्गत मेन्स सिंगल्स, वुमन्स सिंगल्ल, यू-१६ ब्वाइज, यू-१६ गर्ल्स र टिम इभेन्ट छन्।

एक साता चल्ने प्रतियोगिताको खेलहरु लैनचौरस्थित नेशनल टेबलटेनिस ट्रेनिङ सेन्टरमा हुनेछ।

मेन्स र वुमन्स सिंगल्स विजेताले समान ४० हजार पुरस्कार पाउनेछन् भने यू-१६ समूहका विजेताले समान १५ हजार तथा टिम इभेन्टको विजेताले ४० हजार हात पार्नेछन्।

आयोजकका अनुसार मेन्स र वुमन्स सिंगल्स लिग, सुपर लिग र एलिमिनेटर फर्म्याटमा हुनेछ भने यू-१६ लिगकम नकआउट तया टिम इभेन्ट लिग र इलिमिनेटरको फर्म्याट हुनेछ।

पाँच क्याटेगरीमा गरी करिब १२० खेलाडी भाग लिने र मेन्स सिंगल्समा सबैभन्दा धेरै ४० खेलाडी रहेको आयोजक इम्प्याक्स म्यानेजमेन्टका प्रमुख  स्वरेज राज वन्तले जानकारी दिए।

प्रतियोगितामा तीन विभागीयसहित कूल ८ टिमका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

मिक्स टिम इभेन्टमा कूल ११ खेल हुने आयोजकले जनाएको छ। जसमा मेन्स सिंगल्सतर्फ ४, वुमन्स सिंगल्सतर्फ ३, मिक्स डबल्सतर्फ २ तथा मेन्स र वुमन्स डबल्सतर्फ १-१ खेल हुनेछ। यसबाट जुन टिमले १७ अंक स्कोर गर्नेछ त्यही टिम विजेता हुने आयोजकले जनाएको छ। प्रत्येक टिमले ५ मेल र ५ फिमेल प्लेअर खेलाउनुपर्नेछ र एक खेलाडी कम्तीमा पनि १ खेल खेल्नैपर्नेछ भने बढीमा २ खेल खेल्न पाउनेछ। यसमा खेल जित्ने भन्दा पनि सेटको महत्व बढी भएकोले एक सेट जित्दा १ अंक पाउनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell