
काठमाडौं: बलिउड अभिनेता निल नितिन मुकेश काठमाडौं आउने भएका छन्। उनी 'ब्याटल अफ डिजेज' नामक कार्यक्रमका लागि शुक्रबार नेपाल आउन लागेका हुन्।
क्रियटो ए टू जेडले आयोजना गरेको डिजेहरुको ब्याटल दरबारमार्गको क्लब डेजाभूमा हुँदैछ। जसमा निल विशेष अतिथिको रुपमा रहनेछन्। नेपालमा पहिलोपटक डिजे ब्याटल हुन लागेको आयोजक संस्थाका उल्लेख निरौलाले जानकारी दिए। काठमाडौं र इन्डियाका १० डिजेले प्रतियोगितामा सहभागिता जनाउँदै छन्।
र्यापर लाउरे, डिजे राजु, डिजे रविश, डिजे सस्पोइसनले निर्णायकको भूमिका निर्भाह गर्दैछन्। प्रतियोगिताको विजेताले ३ लाख २५ हजार बराबरको मोटरसाइकल पुरस्कार पाउँनेछन्।
विशेष अतिथिको रुपमा आउन लागेका निल नितिन मुकेश ब्लक बस्टर लिस्टमा रहेको फिल्म 'गोलमाल अगेन'मा भिलेनको भूमिकामा देखिएका थिए। जोनी गद्दार उनको बलिउड डेब्यु फिल्म हो। 'न्यु योर्क', 'सात खुन माफ', 'प्रेम रतन धन पायो', 'प्लेयर्स', 'तेरा क्या होगा जोनी' उनी अभिनित फिल्महरु हुन्। सञ्जय गान्धीको रुपमा उनी देखिदै छन् फिल्म 'इन्दु सरकार'मा।