PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्नुपर्छ : राष्ट्रपति



पहिलोपोस्ट

व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताएकी छन्। 

बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको चेम्बर प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले व्यापारघाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताइन्। 

उनले मुलुकमा रोजगारको अवस्था कमजोर हुँदा युवा जनशक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएकाले निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता भएको बताईन्।

राष्ट्रपति भण्डारीले लोपोन्मुख परम्परागत सीपलाई संरक्षण गर्दै आयमूलुक प्रवद्र्धनमा सरकारले जोड दिने विषयमा आफू विश्वस्त रहेको बताईन्।

उनले विद्यामान झन्झटिला ऐन नियम परिवर्तन गरेपनि लगानी भित्र्याउन सरकार र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुलुकको आर्थिक समृद्धि ताजा जनादेशबाट प्राप्त हुने जनप्रतिनिधिको हातमा रहेको बताईन्। 

मेलामा दक्षिण कोरियाले साझेदार मुलुकको हैसियत र थाइल्याण्डले फोकसमुलुकको रुपमा सहभागिता जनाएको छ। नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान, र बंगलादेशको सहभागिता रहेको मेलामा कूल २२५ कक्ष छन्। मेला १८ गतेसम्म सञ्चालन हुनेछ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell