PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

श्रीलङ्कामा आँधीबाट तीनको मृत्यु, केही बेपत्ता



पहिलोपोस्ट

श्रीलङ्कामा आँधीबाट तीनको मृत्यु, केही बेपत्ता

कोलोम्बो : श्रीलङ्कामा आएको शक्तिशाली आँधीबाट तीन जनाको मृत्यु भएको छ। आँधीको कारण एक दर्जनौँ घाइते भएका छन् भने केही हराइरहेका छन्।

आँधीले सडक छेउका रुख ढालेको छ भने घरहरु पूर्ण रुपमा क्षति पुगेको बताइएको छ। आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सबै विद्यालय बन्द गरिएको छ।

बुधबार राति रुख ढलेर ती मानिसको मृत्यु भएको थियो। सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताएको छ।

कोलोम्बो नेसनल अस्पतालमा आँधीले घाइते भएका व्यक्तिलार्इ उपचारार्थ भर्ना गरिएको ती प्रवक्ताले जानकारी दिएका छन्। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell