
- पूर्णप्रसाद मिश्र
उनीसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा छन्। सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले यहीँ छन्। रासससँग कुरा गर्दै महामन्त्री सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताए।
सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदका उम्मेदवार थिए। त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको सिंहले बताए।
त्यसबेला उनी एक हजार २०० मत अन्तरले पराजित भएका थिए। उनलाई पराजित गरी कांग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बनेका थिए।
उनले भने,‘सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ।’
धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउँछन्। धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिएका उनलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन्।
केही वामपन्थी दल मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन बनाए पनि वाम दलबीच चुनावलगत्तै एकताको सम्भावना नरहेको उनको भनाइ छ।
सबै कम्युनिष्टबीच एकता भएर एउटै दल हुनुपर्ने आवश्यकता रहेपनि धेरै छलफल आवश्यक रहेको सिंहले बताए।रासस