काठमाडौं : सन् २०१८ मा इन्डोनेसियाको जाकार्ता हुने एसियाली खेलकुद एसियन गेम्समा सहभागिताका लागि मात्र नभई परिणामुखी नतिजा मुख्य लक्ष्य बनाएर सहभागिता जनाउने नेपाल ओलम्पकि कमिटीका (एनओसी)का जीवन राम श्रेष्ठले बताएका छन्।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एनओसीले एसियन गेम्सका लागि डिसेम्वरमा हुने मिटिङमा सहभागी हुने 'सेभ दी मिसन'को घोषणासमेत गरेको छ। जसमा एनओसीका उपाध्यक्ष ज्योती राणाले नेपालको प्रतिनिधित्व गर्ने एनओसी अध्यक्ष श्रेष्ठले जानकारी दिए।
'विगतका केही वर्षयता नेपालको सहभागिता उत्साह जनक रहेन। धेरै संख्यामा सहभागि भए पनि नतिजा आएन।' श्रेष्ठले भने। 'अब इन्डोनेसियामा हुने १८औँ एसियन गेम्समा नेपालको सहभागितालाई उत्साहजनक र परिणाममुखी बनाउनेछौँ।'
उनले त्यसका लागि २१ गतेको निर्वाचन पछि तयारी थाल्ने जानकारी दिए। 'निर्वाचनपछि बन्ने नयाँ सरकार, राखेपसँग सल्लाह समन्वय गरेर टिम तयारी र सहभागिताको लागि विशेष ध्यान दिएर तयारीमा लाग्नेछौँ।'
सन् २०१८ अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म हुने १८औँ संस्करणको एसियन गेम्समा ४० खेलका ६६ इभेन्टहरु समावेश छन्। जसमा कूल ४६२ स्पर्धा समावेश छ। पछिल्लो दुई संस्करणमा नेपालले १-१ कास्य पदक मात्र जित्न सफल भएको थियो।
एनओसी अध्यक्ष जीवनरा श्रेष्ठले विगतमा जस्तो भए पनि यस पटक विशेष तयारी गरिने बताए। उनले नेपालले कति खेलमा सहभागिता जनाउने भन्ने निर्णय नभइसकेको जानकारी दिए।
कस्तो खेलाडी सहभागि गराउने?
अध्यक्ष श्रेष्ठले एसियन गेम्सका लागि प्रतिस्पर्धा गर्न खेल र खेलाडीको केही मापदण्ड रहने बताए। 'खेलाडीको यसअघिको प्रदर्शन, रेकर्डहरु सबै विचार गरेर मात्र खेलाडी छनोट गरिनेछ।'
'त्यसका लागि ४० खेलका सबै नेपाली संघलाई जानकारी गराइसकेको छ।'
'अब खेलाडी छनोट गर्दा पनि पारदर्शी नियम लागू गर्नुपर्छ। सबैलाई छनोटको समान अवसर पाउनुपर्छ भन्ने हाम्रो धारण हो।'
श्रेष्ठले विभिन्न संघले राष्ट्रिय टिममा राखेका खेलाडीहरुको पनि यसअघिका प्रदर्शनहरु ध्यानमा राखेर छनोट गर्ने बताए।
उनले अब खेलाडी छनोटमा सोर्स लगाएर नहुने बताए। 'अब मन्त्रालय धाएर सोर्स लगाएर खेलाडी छनोट हुन्छ भन्ने नसोचे हुन्छ।'
विशेष प्रशिक्षण आवश्यक
अध्यक्ष श्रेष्ठले एसियन गेम्समा सहभागी हुने खेलाडीहरुलाई विशेष प्रशिक्षण आवश्यक रहेको बताए। उनले त्यसका लागि वैदेशिक प्रशिक्षणमा पठाउन ६ राष्ट्रसँग कुरा भइरहेको बताए।
राखेपले गराइरहेको तयारी अझ थप गर्दै नेपाली खेलाडीलाई वैदेशिक प्रशिक्षणका लागि पठाउने र विदेशी प्रशिक्षक नेपालमै झिकेर प्रशिक्षण गराउने योजना छ, श्रेष्ठले भने।
'वैदेशिक प्रशिक्षणका लागि रुस, थाइल्याण्ड, कतार, जापान, चीन र कोरियासँग कुरा भइरहेको छ। यस पटक सहभागिताको लागि सहभागिता नभई नतिजा नै ल्याउने गरी तयारी गर्नेछौँ।'
मिटिङमा २ जना सहभागि हुने
यही डिसेम्वर १२ देखि १४ सम्म एसियन गेम्स हुने इन्डोनेसियाको जकार्ता र दुवै ठाउँमा सेभ दी मिटिङको मिटिङ हुने र त्यसमा नेपालबाट दुई जना सहभागि हुने श्रेष्ठले जानकारी दिए। एनओसीका उपाध्यक्ष राणा उक्त मिटिङमा नेपालको सेभ द मिसनको रुपमा जानेछिन्। यस्तै एनओसीका कार्यालय सहयोगी सुजन श्रेष्ठ पनि उक्त मिटिङमा सहभागी हुन जानेछन्।
मिटिङमा एसियन गेम्सअघि त्यसको तयारी, खेल तालिका, खेल स्थललगायत सम्पूर्ण विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताए।