PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

मतदानमैत्री वातावरण बनाउन सरकारलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह



पहिलोपोस्ट

मतदानमैत्री वातावरण बनाउन सरकारलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ :  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदानमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।

आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताहरूका लागि निर्वाचन आयोगमा आज आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनमा आम मतदाताले निर्भीकतापूर्वक मतदान गर्ने वातावरण निर्माणका लागि थप सुरक्षा गतिशीलता बढाउन सरकार र सुरक्षा निकायलाई आग्रह गरे।

यादवले मतदाता, उम्मेदवार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्रीको सुरक्षामा जोड दिए। प्रमुख निर्वाचन आयुक्त यादवले जिल्लामा दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिता पालना गरे/नगरेको र मतदातालाई प्रलोभनमा पारे नपारेको जस्ता विषयमा सूक्ष्म अनुगमन गरी तत्कालै आयोगमा जानकारी दिन सूक्ष्म अनुगमनकर्ताहरुलाई निर्देशन दिए।

उनले स्वतन्त्र र निष्पक्ष भएर आयोगले दिएको जिम्मेवारी सजग र सचेतका साथ निर्वाह गर्न अनुगमनकर्तालाई निर्देशन दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell