
काठमाडौँ : सरकारले भोलि (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्मको जन्मदिनका अवसरमा विदा दिने निर्णय गरेको हो।
आइतबार पनि सार्बजनिक विदा परेकोले लगातार तीन दिन सार्वजनिक विदा हुने भएको छ।
शुक्रबार सरकारले घोषणा गरेको विदा, शनिवार नियमित र आइतबार पनि किरात समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पूर्णिमा परेकाले बिदा छ।
त्यसैगरी सरकारले इसाइ धर्मावलम्बीहरुको पर्व क्रिसमसको दिन पुस १० गते सोमबार पनि विदा दिने निर्णय आजै गरेको छ। यसअघि राजपत्रमा प्रकाशित सूचनामा सरकारले क्रिसमसको दिन इसाइ धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदाको व्यवस्था गरेको थियो।