PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी : केपी ओली



पहिलोपोस्ट

कम्युनिष्ट बलियो भएकै कारण संविधान जारी : केपी ओली

भद्रपुर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट सक्षम नभएकै कारण राजनीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धि संरक्षण नभएको बताएका छन्। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपा संयुक्त प्रचारप्रसार समितिद्वारा आज झापाको झापा चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी बलियो भएकै कारण नेपालको संविधान जारी भएको बताए। ओलीले विविधता र अनेकतामा रहेको मुलुकलाई एक सूत्रमा बाँधेर अघि बढ्ने विश्वास व्यक्त गरे। 

उनले वाम गठबन्धनका तर्फबाट झापाका प्रत्येक निर्वाचन क्षेत्रमा बनेका उम्मेदवारलाई इमान्दारीपूर्वक मत हाल्न गठबन्धनमा आबद्ध सबैलाई आग्रह गरे। 

झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्रकुमार कार्कीले आसन्न निर्वाचनले जनताको भविष्य निर्धारण गर्ने भएकाले जनताको काम गर्ने पार्टीका उम्मेदवारलाई जिताउनुपर्ने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell