
लण्डन : लण्डनका महानगर मेयर सादिक खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायतमा हुने भनी तय भएको राजकीय भ्रमण रद्द गर्न आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गरेपछि खानले सो भिडियोप्रति विरोध जनाउँदै यस पहिले बेलायती नागरिकले ट्रम्पको भ्रमणबारेमा विरोध जनाइरहेका बेलायतीको स्वरलाई थप शसक्त बनाएका हुन्।
मेयरले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिका कारण यस समयमा उनलाई बेलायतमा उचित सम्मान मिल्न नसक्ने बताएका छन्।
प्रधानमन्त्री मेका सरकारी प्रवक्ताले अमेरिकी राष्ट्रपतिले मुसलमान विरोधी भिडियोलाई पुनः ट्वीट गर्नु गलत भएको छ ।
बेलायती गृहमन्त्री एम्बर रडले बिहीबार सरकारको धारणा दोहोर्याउँदै ट्रम्पले मुसलमानविरोधी भिडियो प्रधानमन्त्री मेलाई पठाउनु गलत भएको बताएका छन्।
“मेरो विचारमा प्रधानमन्त्रीको प्रतिक्रियाले अमेरिकी राष्ट्रपतिमा केही प्रभाव आउने छ,” रडले भने। गृहमन्त्री रडले भिडियोबारे बेलायती सांसदलाई जवाफ दिँदै भने, “बेलायती जनताले कुनै समुदाय विरुद्धको पक्षपातपूर्ण अभिव्यक्तिलाई अस्वीकार गर्नेछन्।”
वर्तमान सरकार पनि कुनै धार्मिक विश्वास र सम्प्रदायलाई घृणा गर्ने कुनै समूहलाई पनि सहन सक्दैन, रडले भने। रासस/एपी