PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने मन्त्रिपरिषद बैठकको निर्णय



पहिलोपोस्ट

आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ : सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। 

त्यसैगरी सरकारले मकवानपुरको रातोमाटेदेखि चौकी टोलसम्मको पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको मार्गलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ। 

रातोमाटेदेखि राप्ती पुलसम्म तीन किलोमिटर वाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय भएको बस्नेतले जानकारी दिए। मन्त्रिपरिषद्को बैठकले नारायणघाट–मुग्लीन सडक खण्डअन्तर्गत आँपटारीदेखि पुल्चोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय गरेको छ । 

सरकारले नेपाल चेम्बर अफ कमर्शको छैटौँ विधान स्वीकृत गर्नुका साथै उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलको कार्यावधि थप गर्ने निर्णय भएको छ। त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने निर्णय पनि बैठकले गरेको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell