PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

विश्व कुराँस च्याम्पियनसिपमा भगवतीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

विश्व कुराँस च्याम्पियनसिपमा भगवतीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : सिनियर विश्व कुराँस च्याम्पियनसिपमा सहभागिता नेपालबाट भगवती माझी प्रतिस्पर्धा गर्ने भएकी छिन्। भगवतीले महिला ५२ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्।

डिसेम्बर १ देखि ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा जनाउन भगवती माझी बिहीबारै टर्कीको इस्तानबुल प्रस्थान गरेकी छिन्।

भगवतीसंगै नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतीक्षा खरेल पनि टर्की गएकी छन्। खरेल प्रतियोगिता दौरान हुने अन्तर्राष्ट्रिय कुराँस महासंघको कंग्रेसमा सहभागी हुनेछिन्। खरेलले महासंघको सदस्यमा उम्मेदवारी दिने कुराँस संघले जनाएको छ।

उनीहरुलाई नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङले बिहीबारै बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell