PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

बारामा १२१ मतदानस्थल अति संवेदनशील



पहिलोपोस्ट

बारामा १२१ मतदानस्थल अति संवेदनशील

कलैया: यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार ९४७ मतदाताका लागि ३०३ मतदानस्थल र ४७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र १२१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ।

उनका अनुसार निर्वाचन क्षेत्र नं १ मा कूल ९६ हजार १४६ मतदाताका लागि ८४ मतदानस्थलको व्यवस्था गरिएकामा १२ मतदानस्थल संवेदनशील र ४६ मतदानस्थल अति संवेदनशील रहेको छ। निर्वाचन क्षेत्र नं २ मा कूल ८३ हजार ५२४ मतदाताका लागि ८२ मतदानस्थलको व्यवस्था गरिएकामा ३१ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थल अति संवेदनशील रहेको छ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ मा कूल ८४ हजार ६६९ मतदानका लागि ७६ मतदानस्थलको व्यवस्था गरिएकामा २९ मतदानस्थल संवेदनशील र ११ मतदानस्थल अति संवेदनशील रहेका छन्। यस्तै निर्वाचन क्षेत्र नं ४ मा ८५ हजार ६०८ मतदाताका लागि ६१ मतदानस्थल व्यवस्था गरिएकामा २५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल अति संवेदनशील रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell