PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

एचआइभी संक्रमितमध्ये ४० प्रतिशतले मात्र गराउँछन् उपचार



पहिलोपोस्ट

एचआइभी संक्रमितमध्ये ४० प्रतिशतले मात्र गराउँछन् उपचार

काठमाडौं: नेपालमा एड्सका कारणले मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको छ। सन् २०१० को तुलनामा २०१६ मा एचआइभी संक्रमितको संख्या ५७ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ। 

सन् २०३० सम्म एड्स निवारण पार्ने योजना रहेको अवस्थामा यो तथ्याङ्क प्रभावकारी हैन्।

सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रुपमा एड्सका कारणले मृत्यु हुने संख्यामा ४८ प्रतिशतले कमी आएको छ। यस्तै, संक्रमितको संख्या पनि ११ प्रतिशतले घटेको पाइएको छ।

सन् १९८८ देखि प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने गरिएको छ। यसै क्रममा यो वर्षको नारा ‘मेरो स्वास्थ्य मेरो अधिकार’ रहेको छ।

नेपालमा करिब ७० प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ। केन्द्रका अनुसार, सन् २०१६ सम्म नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ। तीमध्ये १४ हजार ५ सय ४४ (४० प्रतिशत) मात्र एआरभी उपचारमा छन्।

सरकारले ७७ वटै जिल्लामा निःशुल्क एचआइभी परीक्षणको सेवा दिएको छ।एचआइभी संक्रमितलाई निःशुल्क औषधि पनि उपलब्ध गराइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell