PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

फ्राइडे रिलिज: फिल्म फिक्का र तेरा इन्तजार पर्दामा



पहिलोपोस्ट

फ्राइडे रिलिज: फिल्म फिक्का र तेरा इन्तजार पर्दामा

काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत एक मात्र नेपाली फिल्म प्रदर्शनमा आयो। फिल्म 'फिक्का' सोलो रिलिज भएको हो।

पहिलो महिला निर्देशक भनिएकी सुचित्रा श्रेष्ठ निर्मित फिल्म फिक्काले पारिवारिक प्रेम र ग्रामिण गरिबीको कथा भन्छ। फिल्मलाई जनक खड्काले निर्देशन गरेका हुन्। फिक्कामा राधिका घिमिरे, इश्वरी बराल, मुस्कान काप्री, अजर सुनार, दुर्गाराज पाण्डे लगायत कलाकारको अभिनय रहेको छ। फिल्मले सिंगल स्क्रिनमा मात्र शो पाएको छ।

मल्टिप्लेक्सका लागि भने फिल्म 'फाटेको जुत्ता' पुन: प्रदर्शनमा आएको हो। तीन साता अघि नै हलबाट उत्रिएको फिल्मले नयाँ रिलिज नभएको फाइदा उठाएको छ। कमेडी जनराको फिल्मलाई निकेश खड्काले निर्देशन गर्का हुन्। अर्जुन कुमार निर्मित फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायत कलाकारको अभिनय छ। त्यस्तै सिंगल स्क्रिनमा किंग, कन्फ्युज लगायत फिल्मले पनि पुन: रिलिजको फाइदा उठाएका छन्।

बलिउडमा भने सन्नी लियोन र अर्बाज खान स्टारर फिल्म 'तेरा इन्तजार' रिलिज भयो। राजिव वालिया निर्देशित रोमान्टिक ड्रामीलाई अमन मेहेता र बिजल मेहेताले निर्माण गरेका हुन्। फिल्मले मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा शो पाएको छ। बलिउड फिल्महरु सिक्रेट सुपरस्टार र अक्षर २ केही हलमा प्रदर्शनरत छ।

यो साताका हलिउडतर्फ शुक्रबार नयाँ फिल्म नभए पनि कोको, जस्टिस लिग, थोर ३ उत्रिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell