PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

आँधी र वर्षाबाट भारतमा आठ जनाको मृत्यु, सयौँ बेपत्ता



पहिलोपोस्ट

आँधी र वर्षाबाट भारतमा आठ जनाको मृत्यु, सयौँ बेपत्ता

नयाँ दिल्ली : भारतको दक्षिणी भूभाग तामिलनाडू र केरला प्रान्तमा आँधी र वर्षाले आठ जनाको ज्यान जानुका साथै सयौँ बेपत्ता भएको छ।

बेपत्ता अधिकांश माछा मार्न समुद्रमा गएका थिए। उनीहरु व्यवसायिक मछुवा रहेका बताइएको छ। बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि वर्षा भएसँगै ठूलो संख्यामा नागरिकहरु हताहत भएका जनाइएको छ।

तामिननाडू, केरला र दक्षिणी भारतको लक्षदीप स्थानमा आँधीले ठूलो असर गरेको छ। यहाँका संरचना एवं प्राकृतिक सम्पदामा ठूलो प्रभाव परेको बताइएको छ।

अहिले पनि ती क्षेत्रमा आँधीको प्रकोप जारी नै छ। घटनामा उद्दार प्रभावकारी गर्न नपाइएको अधिकारीले बताएका छन्।

बेपत्ता नागरिकको खोजी जारी भए पनि उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन। उद्दारकर्मीले आँधीको कम हुनासाथ खोजी अभियान सुरु गर्ने बताएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell