PahiloPost

May 15, 2024 | २ जेठ २०८१

मतदाता शिक्षाका लागि रुपन्देहीमा ७९ लाख खर्च, मतदाता भन्छन्–रेडियो र टिभीमा  सुन्छौं, गाउँमा कोही आएनन्



चन्द्रकान्त खनाल

मतदाता शिक्षाका लागि रुपन्देहीमा ७९ लाख खर्च, मतदाता भन्छन्–रेडियो र टिभीमा  सुन्छौं, गाउँमा कोही आएनन्

बुटवल :   रुपन्देहीमा  मतदाता शिक्षा प्रभावकारी नदेखिएको पाइएको छ।निर्वाचन आयोगले मतदाता शिक्षाका लागि जिल्लामा पाँच सय ९८ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको भएपनि उनीहरु मतदाताको घर घरमा पुग्न नसकेको मतदाताको गुनासो छ। 

‘ सहरी क्षेत्रमा नै मतदाता शिक्षा पुगेको छैन’ सालझन्डीका रामप्रसाद भुसाल भन्छन्,‘ स्थानीय तह निर्वाचनमा आएका थिए त्यसपछि  रेडियो र टेलिभिजनमा  प्रचार सुनेका छौं तर  गाउँमा आएका छैनन्।’ 

मानपकडीकी सीता चौधरी पनि आफूलाई मतदान गर्ने तरिका थाहा नभएको बताउँछिन्।मतदाता शिक्षा स्वयंसेवक गाउँमा आउने हल्ला सुनेपनि अहिलेसम्म नआएको उनले बताइन्।

मतदाता शिक्षाका नाममा जिल्लामा करिव ७९ लाख रुपैयाँ तलबमा मात्रै खर्च भएको छ।तर उनीहरू मतदातामाझ पुगेका छैनन्। 

जिल्ला निर्वाचन अधिकृत अयोध्या भण्डारीले निर्वाचन सामग्री ढिलो गरी आएकाले मतदाता शिक्षा कार्यक्रम ढिलो भएको बताए। 

उनले मतदाता शिक्षा नदिने कार्यकर्तालाई तलब घटाएर दिइनेसमेत बताए। भण्डारी भन्छन्,‘ नमुनामतपत्र पनि हिजो आए,  पुराना हटाएर नयाँ बितरतलाई तिब्रता दिन्छौं अब केहि दिन बाँकी रहेपनि हामीले मतदाता शिक्षालाई घरघर पुर्याउछौं।’

रूपन्देहीमा पाँच लाख २२ हजार भन्दा बढी मतदाता छन्। पाँच सय ९८ मतदान स्थललाई लक्षित गरी मतदाता शिक्षा कार्यकर्ता खटाइएको छ। मतदाता शिक्षा दिने पोस्टरहरू टाँस्नका लागि मात्रै प्रतिव्यक्ति तीन हजार रुपैयाँ खर्चिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell