PahiloPost

Aug 23, 2025 | ७ भदौ २०८२

निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनमा केन्द्रित, यसरी हुँदैछ तयारी



पहिलोपोस्ट

निर्वाचन आयोग दोस्रो चरणको निर्वाचनमा केन्द्रित, यसरी हुँदैछ तयारी

पासाङ ठकुल्ला
काठमाडौं :
मंसिर २१ गते दोस्रो चरणको निर्वाचन बाँकी ४५ जिल्ला हुँदैछ। यी जिल्लाहरुका प्रतिनिधिसभा सदस्यमा १२८ क्षेत्र र प्रदेशसभा सदस्यमा २५६ निर्वाचन क्षेत्र कायम गरिएको छ।

यस चरणको निर्वाचनमा प्रतिनिधिसभातर्फ १६६३ उम्मेदवार र प्रदेशसभातर्फ २८१९ उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन्।

कति छन् मतदाता?

दोस्रो चरणमा एक करोड २२ लाख ३५ हाजर ९९० मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिँदैछन्। नेपालमा भएका कुल मतदाता एक करोड ५४ लाख मतदातामध्ये ३१ लाख ९१ हजार ९४५ मतदाता पहिलो चरणको निर्वाचनमा भाग लिइसकेका छन्।

कति छन् मतदान केन्द्र?

४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि ७ हजार ७५२ निर्वाचन स्थल रहेका छन्। यसैगरी १५ हजार ३४४ निर्वाचन केन्द्र तोकिको छ।

कुन प्रदेशमा कति जिल्ला?

प्रदेश १

प्रदेश नम्बर १ मा १४ जिल्लामध्ये ७ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदैछ। यस प्रदेशमा इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी दोस्रो चरणको निर्वाचन हुने जिल्ला हुन्।

यस प्रदेशमा मतदानका लागि १ हजार १६५ मतदान स्थल र २ हजार ७१८ मतदान केन्द्रको व्यवस्था गरिएको छ। दोस्रो चरणमा यस प्रदेशमा २२ लाख ७४ हजार ५९८ मतादाता निर्वाचनमा सहभागी हुँदैछन्।

प्रदेश २

यस प्रदेशका सबै जिल्ला तराई भूभागमा परेका छन्। त्यसैले पहिलो चरणमा कुनै पनि जिल्लामा निर्वाचन भएका छैन्।

यस प्रदेशमा रहेका जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट छन्। कुल २७ लाख ६७ हजार ३७५ मतदाताका लागि २ हजार १६६ मतदान स्थल र ३ हजार ६७९ मतदान केन्द्र कायम गरिएको छ।

प्रदेश ३

यस प्रदेशमा १३ जिल्लामध्ये ७ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदैछ। दोस्रो चरणको चुनावअन्तर्गत सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला पर्दछन्।

यस प्रदेशमा १ हजार १८० मतदान स्थल र २ हजार ५३९ मतदान केन्द्र कायम गरिएको छ। दोस्रो चरणको निर्वाचनमा २० लाख ७३ हजार ३४४ मतदाताले मतदान गर्दैछन्।

प्रदेश ४

यस प्रदेशबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व), तनँहु, कास्की, स्याङ्जा र पर्वत गरी ५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुँदैछ। यो प्रदेशका ११ जिल्ला छन्। यहाँ ६ सय ७७१ मतदान स्थल र १ हजार २ सय ७४ मतदान केन्द्र कायम गरिएको छ। दोस्रो चरणको निर्वाचनमा १० लाख ५ हजार ९०० जनाले मतदान गर्नेछन्।

प्रदेश ५

दोस्रो चरणको निर्वाचनमा यो प्रदेशबाट नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके र बर्दिया गरी १० जिल्लामा निर्वाचन हुँदैछ। १२ जिल्लामध्ये २ जिल्लामा पहिलो चरणमा निर्वाचन भैसकेको छ।

यस प्रदेशमा १ हजार ५०१ मतदान स्थल र ३ हजार १६६ मतदान केन्द्र कायम गरिएको छ। यस प्रदेशबाट २५ लाख ८५ हजार ३०७ जनाले मतदान सहभागी हुनेछन्।

प्रदेश ६

यस प्रदेशको १० जिल्लामध्ये ३ जिल्लामा दोस्रो चरणको चुनाव हुनेछ। दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा सल्यान, सुर्खेत र दैलेख छन्।

यो प्रदेशमा ३८५ मतदान स्थल र ६३९ मतदान केन्द्र छन्। यहाँबाट ४ लाख ७८ हजार ७३४ जनाले मतदान गर्नेछन्।

प्रदेश ७

यस प्रदेशमा निर्वाचन हुन कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी जिल्ला बाँकी रहेको छ। प्रतिनिधिसभामा १२ र प्रदेशसभामा २४ निर्वाचन क्षेत्र कायम गरिएको छ। यो प्रदेशमा ६८४ मतदान स्थल र १ हजार ३२९ मतदान केन्द्र छन्। चुनावमा १० लाख ५० हजार ७ सय ३२ मतदान गर्नेछन्।

कति छन् कर्मचारी?

दोस्रो चरणको निर्वाचनमा करिब १ लाख ७५ कर्मचारी निर्वाचन क्षेत्रमा खटिने छन्। चिर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारीहरुलाई तालिम दिएर १८ गते निर्वाचन क्षेत्रमा पुग्ने गरी पठाउने जनाएको छ। आयोगका अनुसार १ मतादान स्थलमा ७ देखि ९ जना कर्मचारी खटाइनेछ।

कति छन् पर्यवेक्षक?

आयोगका अनुसार स्थानीय संस्था र विदेशी पर्यवेक्षक गरी दोस्रो चरणको निर्वाचनमा करिब ४५ हजार पर्यवेक्षक खटिनेछन्। जसमा विदेशी संस्थाबाट चार सय पर्यवेक्षक रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell