PahiloPost

Apr 6, 2026 | २३ चैत्र २०८२

विमलेन्द्र निधिले भने–म राष्ट्रियसभाको सदस्य बन्ने कुरा कपोलकल्पित 



पहिलोपोस्ट

विमलेन्द्र निधिले भने–म राष्ट्रियसभाको सदस्य बन्ने कुरा कपोलकल्पित 

जनकपुरधाम :  नेपाली कांग्रेसका नेता एवं धनुषा जिल्ला क्षेत्र नम्बर तीनका प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधिले आफ्नो बारेमा राष्ट्रियसभा सदस्यको प्रसंग कपोलकल्पित भएको बताएका छन्। 

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा निधिले आफू प्रतिनिधिसभा सदस्यको उम्मेदवारी त्याग गरी राष्ट्रियसभाको सदस्य बन्ने कुरा असत्य भएको बताए। 

निधिले आफ्नो उम्मेदवारी त्यागकाबारेमा अभिव्यक्ति दिनेलाई नै उम्मेदवारी त्याग गर्न आग्रह गर्दै आफू कतै छोडेर नगएको र प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको बताए।

उनले आफू यही जन्मेको, संघर्ष गरेको, विकासका पूर्वाधार स्थापना गराएको, जनकपुरलाई राजधानी बनाउन र राजर्षीजनक विश्वविद्यालय स्थापना गराउन प्रयासरत रहेका कारण आफ्नो बारेमा राष्ट्रियसभा सदस्यलाई जोडेर सार्वजनिक भएको कुरा निराधार भएको स्पष्ट पारे। 

निधिले आफ्नो कसैसँग प्रतिस्पर्धा नभएको उल्लेख गर्दै आफू अनुमान गरेका भन्दा अधिक मत प्राप्त गर्ने दाबी गरे।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell